कर्तव्य ज्या’न मु द्दाका फरार अभियुक्त २० वर्षपछि प क्राउ परेका छन् । २०५८ साउन २८ गते आफ्नै श्रीमतीलाई ह त्या गरी फरार रहेका कालिकोट महावै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर वडा नं. १० बुदबुदे टोलमा बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले प क्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतबाट ०५८ भदौ १४ गते पुर्पपक्षका लागि कारागार पठाएको सिंह ०५८ माघ २ गते कारागारबाटै सुरुङ खनेर फरार थिए ।
२०६५ मंसिर १३ गतेको फैसलाले २० कैद सजाय तोकिएको फरार अपराधी सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले माघ २४ गते पक्रा उ गरेको हो। फ क्राउ परेका फरार अभियुक्त सिंहलाई कै’द भुक्तानका लागि कारागार पठाईएको छ।
थप समाचार :कजाखस्तानको सबैभन्दा ठूलो क्रिप्टो माइनिङः उत्तरी कजाखस्तानको यो सबैभन्दा सुरक्षित संयन्त्र विश्वको सबैभन्दा ठूलो क्रिप्टो उत्खनन गर्ने खानी मध्येमा पर्छ । यसमा दशौँ करोड अमेरिकी डलरका उपकरण जोडिएका छन् ।१५ हेक्टर जमिनमा फैलिएको यो खानीमा आठ गोदाम छन् । सबै डेटा सेन्टरमा गरी ५० हजार कम्प्युटर छन् । जुन एनेजिक्स नामक कम्पनीको स्वामित्वमा रहेको छ ।
कजाखस्तान दुई वर्षको अवधिमै बिटक्वाइन माइनिङका लागि विश्वकै दोस्रो ठूलो देश बन्न पुगेको छ । यो डिजिटल मनी जटिल प्राविधिक प्रक्रियाबाट हात लाग्ने गर्छ । बिटक्वाइन जस्ता क्रिप्टो करेन्सीको डिकोडिङ यिनै कम्प्युटरहरूमा हुने गर्दछ ।यो विकेन्द्रित डिजिटल मुद्राको लेनदेन अनलाइन तथा अफलाइन दुवैमा हुनसक्छ । यो मुद्रा कुनै पनि प्रकारका बिचौलिया बिना सोझै भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई पठाउन सकिन्छ ।
भुक्तानी गर्नका लागि विश्वभर वालेटियरको निकै ठूलो सञ्जाल छ । स्वचालित रुपमा लेन-देन प्रमाणित हुनका लागि कम्प्युटरको आवश्यकता पर्दछ ।यसमा गणितका कयौँ जटिल प्रक्रियाहरू हुने गर्दछन् । खन्डित तरिकाबाट वालेटियरलाई बिटक्वाइनकै पुरस्कार दिने गरिन्छ । नोभेम्बर २०२१ मा विश्वको क्रिप्टो बजार पाँच गुणाले बढेर ३० खर्ब अमेरिकी डलर पुगेको थियो ।
खानीको होस्टिङ विभाग प्रमुख यरसैन नरतलुओव भन्छन्, ‘म यहाँ करिब तीन वर्षदेखि काम गरिरहेको छु । म यहाँको सबैभन्दा पहिलो अपरेटर थिएँ । त्यसबेला हामीलाई सबैकुरा आफैँ सिक्नुपर्यो, बिजुली जोड्नेदेखि लिएर राउटर सेट गर्नेसम्म । अहिले म होस्टिङ डिपार्टमेन्टको प्रमुख छु । र हाम्रो टिम १५० जना भन्दा बढीको छ ।’
उछालकुद गरिरहेको यो उद्योगले कजाख युवाहरूका लागि करियरको नयाँ बाटो खोलिदिएको छ । माइनिङका एक कर्मचारी अलमाज मगाज भन्छन्, ‘यहाँ आउनुभन्दा अघि मैले कहिल्यै बिटक्वाइनको बारेमा सुनेको थिइनँ । हाम्रो शिफ्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने गर्छ । हामी मसिनको रेखदेख गर्छौँ । ताकि निरन्तर चलिरहून् । हामी १५ दिन काम गर्छौँ र १५ दिन छुट्टीमा बस्छौँ । जब हामी काम गर्छौँ, लगातार यहीँ रहन्छौँ । मलाई यो काम कहिल्यै झन्झटिलो लाग्दैन ।’
त्यहाँका अर्का कर्मचारी दरख्खन कुलताएव भन्छन्, ‘मलाई यहाँ एकदमै राम्रो लाग्छ । म अलमाज सहित जसको साथमा रहन्छु, उनीहरूसँग राम्रोसँग घुलमिल भइसकेको छु ।’आखिर त्यस्तो के कारण थियो, जसले गर्दा कजाखस्तानमा क्रिप्टोमा यो स्तरको उन्नति आयो ? पहिलो कुरा त के छ भने अन्य देशको तुलनामा यहाँ बिजुली निकै सस्तो छ ।
अर्को कुरा चीनमा क्रिप्टो सम्बन्धी गतिविधिमा कडा प्रतिबन्ध लागेपछि त्यहाँका क्रिप्टो माइनर कजाख बसाइ सरे । ‘यी सबै बक्स चीनबाट आएका हुन्, एक हजारभन्दा बढी छन्,’ एनेजिक्सका सीईओ यरबोल्सिन सारसेनोभ भन्छन्, ‘यी सबै नयाँ पुस्ताका माइनिङ रिग्स हुन् ।
यी इन्स्टल भएका छन् र पहिलेदेखि नै चालू छन् । चीनमा प्रतिबन्ध लागेपछि हामीलाई कयौँ अनुरोध आए । हामीलाई लगातार फोन आइरहेका थिए र थुप्रै ई-मेल समेत प्राप्त भए ।अब हामी नयाँ संयन्त्र बनाउने विषयमा चर्चा गरिरहेका छौँ । हामी जब आफ्नो संयन्त्रमा जान्छौँ, मसिनको आवाजले हामीलाई उत्तेजित तुल्याउँछ । किन कि यो पैसा (डिजिटल मनी ) को आवाज हो ।’
तर कजाखस्तान अब यो उद्योगलाई कडाइ पूर्वक सीमित गर्ने प्रयास गरिरहेको छ । किन कि यसबाट बिजुलीमा समस्या देखिन थालेको छ ।जनवरीमा कजाखस्तानमा भएको राजनीतिक उपद्रवले माइनिङको काम प्रभावित भएको थियो । इन्टरनेटमा प्रतिबन्ध लागेपछि यो उद्योग लगातार पाँच दिनसम्म बन्द रह्यो ।



