काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका साना दलले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीको विरोधमा काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।
नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन संसद भवन नयाँबानेश्वरसम्म पुग्नेछ । यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।
सरकारले एमसिसी संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।



