सन् १९८२ मा सोभियत संघले कसमस १४०८ नामको एक जासुसी उपग्रह अन्तरीक्षमा पठायो । अन्तरीक्षमा गएको दुई वर्षपछि उक्त स्याटेलाइट बिग्रियो र त्यहीँ बेलादेखि आफ्नो कक्षमा घुमिरहेको थियो ।अन्ततः नोभेम्बर २०२१ मा रुसले एक एन्टी स्याटेलाइट मिसाइल प्रक्षेपण गरेर उक्त बिग्रिएको स्याटेलाइटलाई नष्ट गरिदियो । त्यसक्रममा करिब १५ सयवटा टुक्रा अन्तरिक्षमा फैलिए । यसअघि सन् २००८ मा अमेरिका र सन् २००७ मा चीनले यस्तै गरी आफ्ना बेकामे स्याटेलाइटहरू नष्ट गरेका थिए ।

रुसको पछिल्लो कदमको तीव्र आलोचना भयो किनकि स्याटेलाइटका टुक्राहरू कुनै अरु यानसँग ठक्कर खाएर अन्तरिक्षमा ठूलो दु’र्घटना हुन सक्दथ्यो ।यो घ’टनापछि के त्रास उत्पन्न भएको छ भने कुनै पनि कानून नतोडेरै अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्न सकिन्छ भन्ने कुरा रुसले देखाइदिएको छ । तर आगामी दिन यस्तो नहुन पनि सक्दछ ।

अन्तरिक्षमा फोहोर

हार्वार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका अन्तरिक्ष भौतिक वैज्ञानिक जोनाथन म्याकडाभेलका अनुसार मानिसहरूले अन्तरिक्षलाई मानिसहरूले काम नलाग्ने ठाउँ मान्दछन्, तर त्यसो होइन ।सन् २०२१ को अप्रिलसम्मको तथ्यांक अनुसार पृथ्वीभन्दा केही सय किलोमिटरमाथि अन्तरिक्षमा ७ हजार ३०० भन्दा धेरै स्याटेलाइटहरू तीव्र गतिले पृथ्वीको परिक्रमा गरिरहेका छन् ।

यी सबै १७ हजार माइल प्रतिघण्टाको गतिले दौडिरहेका छन् र हरेक दिशामा घुमिरहेका छन् । यो एक ठूलो खेल मैदान जस्तै हो जहाँ खेलाडीहरू यताउता भागिरहेका हुन्छन् ।आफ्नो कक्षमा रहनका लागि स्याटेलाइटलाई यति तीव्र गतिमा दौडिनु पर्दछ । अन्तर्राष्ट्रिय स्पेस स्टेन तथा अन्य स्याटेलाइटहरूले एक दिनमा पृथ्वीको १६ पटक परिक्रमा गर्दछन् ।

आखिर यतिधेरै स्याटेलाइटहरूले अन्तरिक्षमा के गरिरहेका छन् ?

म्याकडाभेल भन्छन् – आमरुपमा स्याटेलाइटको प्रयोग सञ्चारमा हुनछ, जस्तो टेलिभिजन प्रसारण, टेलिफोन तथा इन्टरनेट, मौसम पूर्वानुमान तथा उड्ययनका लागि । स्याटेलाइटबाट पृथ्वीको स्थिति हेर्न सहज हुन्छ, त्यसैले जलवायु परिवर्तनका बारेमा अनुसनधान गर्नपनि यो सहयोगी हुन्छ ।अर्थात् पृथ्वीमा हाम्रो आवश्यकताको ठूलो हिस्सा यिनै स्याटेलाइटसँग जोडिएको छ । पहिले अधिकांश स्याटेलाइट सरकारहरूले प्रक्षेपण गर्दथे, जस्तो शीतयुद्धका बेला अधिकांश स्याटेलाइट या त अमेरिकी सरकारले प्रक्षेपण गर्दथ्यो, या त सोभियत सरकारले ।

तर समयसँगै व्यवसायिक प्रयोगका लागि निजी कम्पनीहरू यो क्षेत्रमा आइरहेका छन् । प्रश्न यो छ कि यदि यस्तो ठूलो संख्यामा स्याटेलाइटहरूले अन्तरीक्षमा चक्कर काटिरहेका छन् भने यिनीहरू एक आपसमा किन ठोक्किंदैनन् ? के यिनीहरूका लागि कुनै नियामक छ ?

म्याक्डाभेल भन्छन्- यिनीहरूको विषयमा नियमन निकै साधारण छ । रेडियो फ्रिक्वेन्सीको प्रयोगका लागि निकै कडा नियम के छ भने एउटाको तरंगमा अर्कोले बाधा पुर्‍याउनु हुँदैन । तर आफ्नो अक्षमा आफूले जे चाह्यो त्यो गर्न सकिन्छ । अन्तरिक्षमा यस्तो सडक छैन जस्तो सडकमा कारहरू नियम अनुसार समान गतिमा एक दिशामा गइरहन्छन् । त्यहाँ त कोही यता गैरहेको हुन्छ भने अर्को उता । अन्तरिक्ष निकै ठूलो ठाउँ हो र यहाँ एउटासँग अर्को ठोक्किने सम्भावना हुँदैन भन्ने मान्यता निकै ठूलो स’मस्या बनिरहेको छ ।

गम्भीर चिन्ता

अन्तरिक्ष अब भीडभाडयुक्त ठाउँ बनिरहेको छ र टकरावको स्थितिबाट जोगिने प्रयासहररु पनि बढिरहेका छन् ।अधिकांश फोहोर अर्थात् स्याटेलाइटका टुक्राहरूको निगरानी गर्ने गरिएको छ । तर गतवर्ष रुसले आफ्नो स्याटेलाइट नष्ट गर्दा निस्किएका टुक्राहरूको पनि ट्रयाक गरिएन । त्यसका केही टुक्राहरू अन्तराष्ट्रिय स्पेस स्टेसनको कक्षको नजिक थिए ।

म्याक्डाभेलका अनुसार त्यसबेला हरेक ९३ मिनेटमा मिसन कन्ट्रोल रेडियोमा स्पेस स्टेसनलाई सन्देश दिइरहेको थियो कि स्पेस स्टेसन फोहोरका टुक्राको नजिकबाट जाँदैछ, त्यसैले सुरक्षित रहनुहोस् भनेर । खासमा अन्तरिक्ष फोहोरको स्थितिको बारेमा वास्तविकता थाहा नहुँदा पनि यसबाट बँच्न निकै कठिन हुन्छ ।यदि एउटा देशको एउटा स्याटेलाइट नष्ट गर्दा यति ठूलो ख’तरा पैदा हुनसक्दछ भने जानीबुझी नोक्सान पुर्‍याउने कोसिस गरियो भने कतिठूलो विध्वंस होला ? अनुमान गर्न सकिन्छ ।

के दुई मुलुकबीचको तनाव पृथ्वीमा मात्र सीमित नरहेर अन्तरिक्षसम्म पुग्ने सम्भावना रहला ?

म्याकडाभेलका अनुसार जब मानिसले अन्तरिक्षमा पाइला राख्यो त्यही बेलादेखि नै अन्तरिक्षमा सैन्य उपस्थिति हुन थालेको हो । यद्यपि मुलुकहरूले अन्तरिक्षमा हतियार पठाएका छैनन् तथापि पृथ्वीमा आफ्नो सोनाको सहयोगका लागि जासुसी वा सञ्चार स्याटेलाइट लञ्च गरिरहेका छन् । तथापि अमेरिका र अन्य देशको सेनाले अन्तरिक्षमा युद्धको कुरा गरिरहेको छ ।

आधुनिक सेना धेरै हदसम्म सञ्चार सम्पर्कका लागि स्याटेलाइटमा निर्भर हुन्छ । त्यसैले पृथ्वीमा युद्ध सुरु हुँदा त्यो अन्तरिक्षसम्म पुग्न सक्दछ । यदि अन्तरिक्ष युद्ध भयो भने अन्तरिक्षमा यो भन्दा निकै ठूलो परिमाणमा फोहोर पैदा हुनेछ र त्यसपछि बाह्य अन्तरिक्ष प्रयोगका लागि अनुपयुक्त बन्नेछ । अन्तरिक्षमा तनावको असर लाखौं करोडौं मानिसको जीवनमा पर्नेछ ।चिन्ताको विषय के भने यो भविष्यको कुरा होइन, यो सुरु भैसकेको छ ।

अन्तरिक्ष कक्षमा तनाव

विज्ञका अनुसार अन्तरिक्षमा चलिरहेका एक अर्काका अभियानलाई नोक्सान पुर्‍याउनुमा मुलुकहरूका विभिन्न स्वार्थ हुन सक्दछन् ।अन्तरिक्षमा दखल पुर्‍याएर सत्रुसम्म पुग्ने जानकारी रोक्नु शक्ति राष्ट्रको लागि सफलता सावित हुनसक्दछ ।अन्तरिक्ष अभियानमा दखल पुर्‍याउने विभिन्न उपायहरू छन् । यस्ता एन्टी स्याटेलाइट मिसाइलहरू छन्, जसले स्याटेलाइटहरूलाई ध्वस्त पार्न सक्दछन्,जीपीएस जाम गर्न सक्दछन् र स्याटेलाइटको अप्टिकल सेन्सरलाई पनि केहीबेरका लागि निकम्मा बनाइदिन सक्दछन् ।

विज्ञका अनुसार अहिले अन्तरिक्षमा एक प्रकारको ट्राफिक जामजस्तो स्थिति छ, विशेषगरी पृथ्वीको तल्लो अक्षीय क्षेत्रमा । त्यहाँ ठूलो संख्यामा स्याटेलाइटहरू छन् । त्यहाँ बिग्रिएका स्याटेलाइटहरू, रकेटका टुक्रा तथा नष्ट गरिएका स्याटेलाइटका टुक्राहरू पनि छन् । यदि त्यस्तो क्षेत्रमा कुनै स्याटेलाइटले काम गर्न छाड्यो भने त्यसको गडबडी र कारण तत्काल पत्ता लगाउन मुस्किल हुन्छ । यस्तो अवस्थामा एक मुलुकले अर्को मुलुकमाथि आ’रोप लगाउने र त्यसैको निहुँमा अन्तरिक्षमा विध्वंसात्मक गतिविधि हुनसक्ने जो’खिम रहन्छ ।

यद्यपि यी सबैको बाबजुत अन्तरिक्षमा यस्ता धेरै अभियानहरू छन् जहाँ संसारका विभिन्न मुलुकहरू एकसाथ मिलेर अगाडि बढिरहेका छन् । तर यो पनि साँचो हो कि अन्तरिक्ष सेनाको लागि पनि रणनीतिकरुपमा महत्वपूर्ण बनिरहेको छ । यस्तोमा अन्तरिक्षलाई शान्तिपूर्ण ठाउँ बनाइराख्नका लागि के गर्नुर्दछ ?

अमेरिकाको मिसिसिपी युनिभर्सिटीकी प्राध्यापक तथा अन्तरिक्ष कानूनविद् मिसेल हेनलका अनुसार पृथ्वीभन्दा हजारौँ किलोमिटर टाढा अन्तरिक्षमा घुमिरहेका आफ्ना स्याटेलाइटहरू कानूनको दायराभन्दा बाहिर छन् भन्ने कुनै मुलुकलाई लाग्छ भने त्यो गलत हो ।विज्ञका अनुसार पृथ्वीमा डिजिटल प्रविधिसँग सम्बनिधत हमलाले भविष्यमा साइबर स्पेस तथा अन्तरिक्षमा के के हुनसक्छ भन्ने कुराको संकेत गर्दछ ।

पछिल्ला केही समयमा हामीले मानव जीवनसँग सम्बन्धित हरेक विषयमा हमला देखेका छोँ । युद्धको जड पृथ्वी नै हुनेछ, चाहे त्यसको दायरामा साइबर स्पेस आओस् वा अन्तरिक्ष । जबसम्म लड्ने शक्तिमाथि कुनै प्रकारको असर पर्दैन र त्यसलाई रोक्नका लागि कुनैखाले प्रोत्साहन दिइँदैन तब कुनै पनि क्षेत्र युद्धको प्रभावबाट मुक्त हुन सक्दैन ।

द इकोनोमिस्ट पत्रिकाका प्रतिरक्षा सम्पादक शशांक जोशीका अनुसार युक्रेन त’नावका बीच पछिल्लो समय रुसमाथि लागेको आरोपले अन्तरिक्ष युद्धको पूर्वाभ्यासको संकेत दिन्छ । रुसले युक्रेनको सीमा क्षेत्रमा रहेका आफ्ना सैन्य बलको तस्वीरहरूलाई राडारमा आउनबाट रोकिरहेको छ ।

उनका अनुसार सेन्टिनल नामको एक राडार स्याटेलाइट छ । जसको प्रयोग युक्रेनको आसपासमा रुसी सैन्य पोष्टहरूको तस्वीर लिनका लागि प्रयोग गरिएको छ । तर त्यस्ता तस्वीर लिनबाट रोक्नका लागि रुसले स्याटेलाइटमा छेडछाड गरिरहेको दाबी गरिएको छ । यो वास्तवमा अन्तरिक्ष युद्धको पूर्वाभ्यास हो, जुन दैनिक रुपमा भैरहेको छ ।

साइन्स फिक्सन फिल्ममा देखिने अन्तरिक्ष युद्धको तुलनामा वास्तविकतामा अन्तरिक्ष युद्ध निकै विनासकारी हुनसक्दछ । जुन देशसँग जतिधेरै हार्डवेयर हुन्छ, ऊ उतिनै धेरै असुरक्षित बन्ने देखिन्छ । यो मामिलामा चीन र अमेरिका लगभग एकैस्तरमा छन् । तर अन्तरिक्षमा सबैभन्दा धेरै स्याटेलाइट हुने देश अन्तरिक्षमा सबैभन्दा धेरै शक्तिशाली हुन्छ भन्ने ठान्नु गलत हुन्छ ।विज्ञका अनुसार इरान वा उत्तर कोरियाजस्ता मध्यम शक्तिहरूसँग धेरै स्याटेलाइट छैनन् ।

तथापि उनीहरू जीपीएस सिग्नलको फ्रिक्वेन्सी जाम गरेर, लेजरबाट समेत अन्तरिक्षलाई प्रभावित गर्न सक्दछन् । र, यसका लागि यसमा केवल ठुला शक्तिहरू मात्र सामेल छैनन् । अन्तरिक्षलाई प्रभावित गर्ने क्षमता, अन्य देशलाई झुकाउने प्रयास वा अन्तरिक्षको उपयोग कसरी गर्ने ?

यो सबै कुरा अब कुनै मुठ्ठिभरका मुलुकहरुसँग मात्र सिमित छैन ।विज्ञ भन्छन्-अन्तरिक्षको ट्राफिक लेन्सका बारेमा विनियम तय गरिनु पर्दछ । अन्तरिक्षमा जम्मा भैरहेको फोहोरका विषयमा नियम हुनु पर्दछ, किनकि यो अब अस्थिर बनिरहेको छ ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah