काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर राजनीतिक दलहरुबीच सरगर्मी बढेको छ । केही दल एमसीसी कुनै हालतमा पास हुन नदिने पक्षमा छन् भने केही दल यसवारे छिटै निर्णय लिनुपर्नेमा छन् । प्रधानमन्त्री शेर वहादुर देउवा अब एमसीसी संसदमा फाइल गर्न चाहन्छन् । तर प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबार राति नै स्थगित गरिएको हो ।

सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला सो बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको छ । एमसीसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित भएको छ । सभामुख अग्नी सापकोटा एमसीसी पास गर्न नहुने पक्षमा छन् । उनले एमसीसी राष्ट्र हित विपरित भएकाले पास गर्न नहुने पक्षमा रहेका हुन् ।

एमसीसी विवादका कारण संसद बैठक स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो, यसपटक ‘विशेष कारणबस’ स्थगित भनिएको छ । पछिल्लो समय एमसीसी संसदबाट पारित गर्ने की नगर्ने भन्ने विषयले सत्ता गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी पास गर्ने रणनीतिमा लागेका छन् । तर अन्य सत्ता साझेदार दलहरुमा भने एमसीसी संसदबाट पास गर्ने की नगर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कुनै पनि हालतमा एमसीसी संसदबाट पारित हुन नदिने अडान लिएका छन् । उनले एमसीसीमा राजनीतिक दलहरुबीच सहमति नभए सम्म संसदबाट पारित हुन नदिने अडान कायम राखेका हुन् । स्रोतका अनुसार आज बोलाइएको प्रतिनिधिसभाको बैठक पनि एमसीसी कै कारण सभामुख सापकोटाले स्थगित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah