नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ ।
सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको छ भने मधेशी समुदायको बाहुल्यता रहेको पालिकाहरुमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको पाइएको छ ।
विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो । तीमध्ये पुरुषको जनसङ्ख्या तीन लाख ८९ हजार ७५६ अर्थात ५१ प्रतिशत र महिलाको जनसङ्ख्या ३ लाख ७९ हजार ९७३ अर्थात ४९ प्रतिशत रहेको थियो । छोरीभन्दा छोराको बढी चाहना र दाइजो प्रथालगायतका कारण यहाँ महिलाको जनसङ्ख्या घट्दै गएको सङ्घीय जनसङ्ख्या कोष सर्लाहीका जिल्ला संयोजक बच्चालाल महतोले बताउनुभयो ।
विशेषगरी मध्यम वर्गका व्यक्तिहरुले गैर कानुनी रुपमा लि’ङ्गको पहिचान गरी ग’र्भपतन गराउने गरेका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।“विपन्न तथा गरिब परिवारलाई आर्थिक स’मस्या छ, फलस्वरुप उनीहरु भिडियो एक्सरे गराउन जादैन तर मध्यमवर्गका व्यक्तिहरुले लि’ङ्गको पहिचान गरी गर्भमा छोरी छ भने त्यसलाई ग’र्भपतन गराउने गरेको देखिन्छ ।
उहाँले भन्नुभयो, “यहाँ गैरकानुनी रुपमा लि’ङ्ग पहिचान गर्ने र मेरी स्टोभजस्ता नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्थामा बैध तथा निजी स्वास्थ्य संस्थामा अ’वैध रुपमा ग’र्भपतन गर्ने गरिएको छ ।”पछिल्लो समय लि’ङ्ग पहिचान गरी भू्रण ह’त्या गर्ने चलन यहाँ बढेको पाइन्छ । यसले छोराछोरीमा भेदभाव त भएकै छ, महिलाको स्वास्थ्यमा पनि गम्भीर स’मस्या देखिने गरेको उहाँको भनाइ छ ।
उहाँले पुरुषहरु काम विशेषले घर बाहिर गएका कारण कतिपयको जनगणनामा छुटेको पनि हुन सक्छ भन्दै पुरुषको एकिन तथ्याङ्क आएमा जिल्लामा महिलाको जनसङ्ख्या अझै घट्न सक्ने बताउनुभयो ।महिला र पुरुषको जनसङ्ख्यामा देखिएको असन्तुलनको परिणाम पनि सर्लाहीमा देखिन थालेको महिला मानव रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाले बताउनुभयो ।
लि’ङ्गको पहिचान गरी भ्रूण ह’त्या, दहेज प्रथा र घ’रेलु हिं’सा लगायतका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । छोरीलाई पढाउनुका सट्टा विवाहका लागि दहेज दिनुपर्ने गलत सोचाईका कारण छोरीलाई गर्भमै ह’त्या गरिँदै आएको पनि उहाँले बताउनुभयो । “लि’ङ्गका आधारमा बढी ग’र्भपतन हुन थालेका छन्”, उहाँले भन्नुभयो, “सुरक्षित ग’र्भपतनको अधिकार दु’रुपयोग भएको छ । यसको प्रभावकारी अनुगमन हुनुपर्छ ।”
उहाँका अनुसार केही निजी अस्पतालका स्वास्थ्यकर्मीले लि’ङग पहिचानलाई पैसा कमाउने धन्दा बनाएका छन् । नाम चलेका अल्ट्रासाउन्ड (भिडीयो एक्सरे) गर्नेले बढी पैसा लिएर लि’ङ्ग पहिचान गरिदिन्छन् । “निजी स्वास्थ्य संस्थामा बढी ग’र्भपतन हुने गरेका छन्”, उहाँले भन्नुभयो, “लि’ङ्गका आधारमा ग’र्भपतन गरिँदा सर्लाहीमा २० वर्षमुनिका जनसङ्ख्यामा पुरुषको दर बढ्दै गएको छ ।”
लि’ङ्ग पहिचान गरी भू्रण ह’त्या गर्नु गैरकानुनी हो भन्दै उहाँले कोही भारत गएर ग’र्भपतन गरेर फर्किने गरेको बताउनुभयो । छोराछोरी बराबरी व्यवहारमा नभएसम्म यस्तो गैरकानुनी ध’न्दा चलिरहने उहाँको भनाइ छ । पहिलोपटक छोरी भएमा छोराको चाहनामा लि’ङ्ग पहिचान गर्ने चलन बढेको हो ।
पि’तृसत्तात्मक सोंचले यस्तो भएको र वर्षमा ४÷५ पटकसम्म तथा शिक्षित, धनाढ्य परिवारबाट पनि उल्लेख्य मात्रामा ग’र्भपतन गराउने गरेको पाइएको सर्लाही बहरथवा–१६ निवासी कैलास कुट क्याम्पस काठमाडौंका उपप्रध्यापक सविन खनालले बताउनुभयो । “मधेसी समुदायमा सकेसम्म छोराको नै जन्म होस् भन्ने चाहना पनि हुन्छ । त्यसकारण पनि छोरी भए भ्रू’ण ह’त्या हुने गरेको देखिन्छ”, उहाँले भन्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा १२ हप्तासम्मको ग’र्भपतन गराएकाको मात्रै तथ्याङ्क हुन्छ । तर त्योभन्दा बढी समयको पनि ग’र्भपतन हुने गरेको छ । नौ हप्तासम्मको गर्भ औषधि र १२ हप्ताको औजारबाट फालिन्छ । जथाभावी गरिने ग’र्भपतनले प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे चेतना जगाउनु आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । छोरी जन्मनै नपाउने अवस्थाको सिर्जना हुँदै गएको छ । यसले भविष्यमा सामाजिक, आर्थिक र लै’ङ्गिक बिचलन आउन सक्ने उनीहरुको भनाइ छ ।



