काठमाडौ । दाङको तुलसीपुरमा मजदुरहरुको निधन भएको शो’कमा एक दिन वजार बन्द गर्ने निर्णय गरिएको छ । आगलागीमा परेर एकै दिन पाँच जना मजदुरको निधन भएको थियो । जिल्लालाई ठूलो शोक परेको भन्दै एक दिन बजार बन्द गर्ने निर्णय भएके हो । ५ जनाको ज्या’न जाने गरी भएको आगलागीको घ’टनामा मृ त कको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको तुल्सीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता, चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको निधन भएको थियो ।दाङको एक जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको मृ’त्यु भएको छ । जिल्लाको तुलसीपुरउपमहानगरपालिका–५ ‘ङ’ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भी’षण आगलागी हुँदा घरभित्रै फसेर पाँच जनाको मृ’त्यु भएको हो ।
प्रहरीका अनुसार मृ’त्यु हुनेमा चार पुरुष र एकजना बालिका रहेका छन् । मृ त कको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।प्रहरीका अनुसार पाँचै जनाको धुवाँले निसासिएर मृ’त्यु भएको हो ।
स्थानीयका अनुसार राति पौने २ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले बिहान मात्र नियन्त्रणमा लिन सकेको छ । विद्युत् स र्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



