नेपाली चलचित्र जगतमा विभिन्न सुपरहिट चलचित्रदिएर सफल निर्देशकका रुप राजु गिरी चिनिने गर्छन् । ‘दिलमाया’, ‘विन्दास’, ‘विन्दास २’ लगायतका चलचित्रहरु उनका सफल चलचित्रको समुहमा पर्ने गर्छन् । उनै निर्देशक गिरी हालचलचित्र ‘देश परदेश ’छायाँकनका लागी सिंगापुर पुगेका छन् । निकै ठुलो रकम करिब ३ करोडको बजेटमा तयार हुने भनेर घोषण गरिएको उक्त चलचित्र विश्वको अन्य राष्ट्रमा पनि छायाँकन गरिने कुरा निर्देशक राजु गिरीले हाम्रो कला सँगको संवादमा बताएका छन् । प्रस्तुत छ उनि सँग गरिएको संवाद जस्ताको त्यस्तै :-
देश परदेश कस्तो चलचित्र ?
यो एउटा समाजमा घटेको घटना हो । जुन हाम्रो गाँउका मान्छेहरु पैसा कमाउनकालागी बाहिर जान्छन् र उता गए पछि आफ्नो परिवारलाई विर्सन्छ भन्ने कथा भन्न खोजिएको छ ।
के यो सत्य घटनामा आधारित चलचित्र हो ?
हो अहिले हाम्रो समाजमा यस्तै घटनाहरु भईरहेको छ । यता बुबाआमा छोराको प्रतिक्षामा कुरेर बसेका हुन्छन् तर छोरा विदेशको मोहमा फसे पछि आउँदैंन । यही चलचित्रको मुल कथा हो ।
चलचित्रको छायांकन सिंङ्गापुर बाहेक अरु कुन कुन राष्ट्रमा हुदैंछ ?
चलचित्रको छायांकन जर्मन, लण्डन र दुबईमा गरिदैंछ ।
नेपालको कुन कुन स्थानमा छायांकन गरिन्छ ?
यो चलचित्रमा नेपालको धम्पुस, पाल्पा र काठमाण्डौंको दृश्य देख्न सकिन्छ ।
अहिले सिंङ्गापुर छायांकनका लागी को को जानु भएको छ ?
नायक प्रेम बहादुर सुनवार, नायिका देवी गर्वुजा, क्यामारामा रामेश्वर हुमागाई लगायतको १५ जनाको समूह रहेको छ ।
अनि सिंङ्गापुर बसाई कतिको हुन्छ ?
१० दिनको तालिका रहेको छ त्यही अनुसार १० दिनमा फर्कन्छौं ।
यो चलचित्रको कथा कस्ले तयार पर्नु भएको हो ?
कथा प्रेम बहादुर सुनुवारको र पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ ।
प्रर्दशनको लागी कहिले सम्म तयार हुन्छ ?
चैत्र १६ गते प्रदर्शनमा ल्याउने लक्ष्य रहेको छ ।
अन्त्यमा आफ्ना दर्शकहरुलाई ?
यो चलचित्र पहिलाको मेरो चलचित्र भन्दा फरक रहेको छ । राजु गिरीले यो चलचित्र नयाँ तरिकाले गरेको छ । अव ग्ल्यामर चलचित्र गर्ने छैन् । मेरो दुई चलचित्र शिवम् भाद्र १६ मा र विन्दास लाईफ पौष २१ मा लाग्दैछ । यि चलचित्रहरु हेरेर कमीकमजोरी औलाई दिनु भए आगामी दिनमा सुधार गर्दै लैजाने थिए ।
–हाम्रो कला



