बुटवलको ज्योतीनगरमा स्कुल बस दु’र्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दु’र्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीले बताए ।
ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठो’काएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।



