युगांडामा सरकारी कर्मचारीहरुलाई छोटा लुगा लगाउनका लागि प्रतिबन्ध गरिएको छ । लुगा लगाउनमा पनि प्रतिबन्ध गरेको भन्दै नैतिकता र महिला अधिकारीहरुले बहस सुरु गरेका छन् । सरकारले नयाँ निर्देशनमा शालिन र सभ्य पहिरनको नयाँ परिभाषा दिएको छ ।
नयाँ निर्देशिकामा महिलाहरुलाई यि कुराहरुको अनुमति छैन ः

  • फ्रक या घुडा भन्दा माथि आउने लुगा लगाउन
  • पाखुरा देखिने पारदर्शी ब्लाउज वा अन्य ड्रेस लगाउन
  • ढाड देखिने खालका लुगा
  • चमकदार रंगीन कपाल
  • तीन सेन्टिमिटरभन्दा लामो नङ पाल्न
  • विभिन्न रङका नेल पोलिस लगाउन

पुरुषका लागि नियम: 

  • सफा टउजर, लामो बाहुला भएको कमीज, ज्याकेट र टाई लगाउन जरुरी,
  • स्वास्थ्यसँग सम्बन्धित बाध्यता नभएसम्म चप्पल लगाउन नपाइने
  • छोटो कपाल हुनुपर्ने,
  • अनिवार्य रुपमा जुत्ता लगाउनै पर्ने ।

सार्वजनिक सेवा मन्त्रालयका मानवअधिकार निर्देशक अदाह मुवांगाले भने, धेरै गुनासो आइरहेकाले यस्तो नयाँ निर्देशन बनाउन जरुरी थियो ।

पुरुष कर्मचारीहरुले महिला अधिकारीहरुका सम्बन्धमा गुनासो गर्दै भनेका थिए किः महिलाहरुको शरिरको सम्पूर्ण हिस्सा ढाकेको हुनुपर्छ । उनीहरुलाई पुरै शरिर ढाक्ने पहिरन लगाउन अनिवार्य व्यवस्था गरिनुपर्छ ।

मुवांगा भन्छन्, कार्यालयमा मिनी स्कर्ट लगाउनु पुरुष सहकर्मीहरुलाई यौन उत्पीडन गराउनु हो । यदि यो नयाँ नियम र निर्देशिकालाई बेवास्ता गर्ने हो भने उनीहरुलाई अनुशासनात्मक कारबाही गरिने छ ।

यो विषयमा त्यहाँका मानिसहरुबाट अलग अलग विचार सार्वजनिक भइरहेको छ । कसैले यो नियमलाई प्रशंसनीय मानेका छन् भने कसैले निरर्थक मानेका छन् ।

शिक्षक मूजा सेम्प्युराले सार्वजनिक कर्मचारीहरुलाई जागिरको सुरुवातमा नै पहिरनको नियमबारे पनि जानकारी गराइएको हुने बताइन ।

साथै उनका अनुसार हरेक पेशामा आ आफ्नो आचारसंहिता रहेको हुन्छ, जब तपाई काममा हुनुहुन्छ भने त्यसै अनुसारको कपडा लगाउनुपर्ने हुन्छ र मलाई यो नियमबारे कुनै गुनासो, समस्या केही पनि छैन ।

तर युगांडा महिला सञ्जालकी प्रमुख रीता अचिरे यसलाई निरर्थक र नचाहिदो कदम मान्छिन् । उनले महिलाको पहिरनले कुनै पनि काममा बाधा नपर्ने हुदाँ यो नियम र निर्देशिका वाहियात भएको बताएकी छिन् ।

महिला कर्मचारी र सर्वसाधारणले लगाएका कपडा नै भड्काउ खालका हुने भएकाले समाजमा विकृती बढ्दै गएकाले यस्तो कदम चाल्न लागिएको बताइएको छ ।

विश्व तीव्र गतिमा बदलिरहेको भएपनि अभद्र खालका पहिरनले महिला हिंसा, बलात्कार, यौन शोषणजस्ता समस्या बढ्दै गएकाले नयाँ नियम र निर्देशिका युगांडामा अति आवश्यक भएकाले सबैले यो नियम पालना गर्न अनिवार्य भएको जानकारी गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah