रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दु’र्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।मृ’त्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन् । दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घा’इते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ । लु ६० प ३६५२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ४ बजे अ’नियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।



