औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख’तरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ । प्यारासिटामोल, निकोटिन, क्याफिन, मिर्गी तथा मधुमेहका औषधिका कारण विश्वका नदीहरु प्रदूषित हुने गरेको युनिभर्सिटी अफ योर्कले गरेको अध्ययनमा दर्शाइएको हो ।

पाकिस्तान, बोलिभिया, इथोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित बनेका छन भने आइसल्यान्ड र नर्वेका नदी र अमेजनको रेनफरेस्टले ठूलो मूल्य चुकाएका छन् । साझा औषधिजन्य यौगिकहरुको प्रभाव अझै पनि धेरै हदसम्म अज्ञातै छ ।तर, यो पहिले नै राम्रोसँग स्थापित छ की मानिसहरुका गर्भनिरोधक औषधिको घुलनले माछाको विकास र प्रजननमा असर पार्न सक्छ ।

नदीमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले औषधिको रुपमा उनीहरुको अस्थित्व सीमित पार्न सक्छ । अध्ययनमा १०० भन्दा बढी देशमा एक हजारभन्दा बढी परीक्षण स्थलबाट ल्याइएको पानीको नमूना लिइएको थियो ।समग्रमा २५८ नदीहरुको नमूनामध्ये एक चौथाइ भन्दाबढी नमूनामा सक्रीय औषधिजन्य तत्वहरु रहेको र त्यो जलीय जीवहरुका लागि अ’सुरक्षित मानिएको छ । ‘सामान्यतया के हुन्छ भने हामी यी रसायनहरु लिन्छौ ।

तिनीहरुको हामीमा केही इच्छित प्रभावहरु हुन्छन र तिनीहरुले हाम्रो शरिर छोड्छन्’, अनुसन्धान समूहका नेता डा जोन विलकिन्सनले भने ।‘अहिले हामीले थाहा पाएको कुरा यही हो की सबैभन्दा आधुनिक प्रभावकारी फोहर पानी प्रशोधन केन्द्रहरु यी यौगिकहरुलाई (नदी वा तालमा विलय हुनुअघि) घटाउन पूर्ण रुपमा सक्षम छैनन् । ’

धेरै पटक पत्ता लगाइएका औषधिहरूमध्ये मिर्गी तथा नसा दुखाईको उपचारमा प्रयोग हुने कार्बामाजेपाइन र चिनिरोग उपचारमा प्रयोग हुने मेटफरमिन थिए । कफिन र निकोटिन तथा दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलका ‘हाइ कन्सनट्रेसन’ पनि नमूना पानीमा भेटिएको परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah