बैवाहिक ब’लात्कारका आ’रोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कु’टपिट र या’तना दिई ब’लात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।

अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफू वि’रुद्ध मु’द्धा गरेको आ’क्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक या’तना दिन सुरु गरेका पी’डितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई ब’लात्कार गरेको भन्दै महिलाले श्रीमान वि’रुद्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत अछाममा पी’डितका साक्षीका रुपमा छिमेकीहरुले ज’बर्जस्ती क’रणी भएपछि गु’हार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौ’न स’म्पर्क गरेको बयान दिएका थिए ।०७७ माघ २६ गते जिल्ला अदालत अछामले पी’डितले ज’बर्जस्ती क’रणी गरेको भन्ने बकपत्र गरे पनि ज’बर्जस्ती क’रणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पी’डितका श्रीमानलाई सफाइ दिएको थियो ।

सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोंकमा कु’टपिट गरी यातना दिई ज’बरजस्ती क’रणी गरेको तथ्य जाहेरी दरखास्त, पी’डित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।

विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मु’द्दामा तीन बर्ष ६ महिना कैद तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah