बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा ट्राफिक ब्यवस्थापनका लागि महत्वकाँक्षी योजनाहरु ल्याइएकाछन् । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले ल्याएका योजनालाइ दमक नगरमा निर्वाचित जनप्रतिनिधिहरुले समेत सकारत्मक रुपमा लिने बताउदै कार्यन्वयनतर्फ पहल गर्ने प्रतिबद्धता जनाएपछि यो लागु हुने अपेक्षा समेत गरिएको छ ।

दमकमा इलाका ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रुपमा आएपछि दिनेश अधिकारीले केहि सुधारका प्रयत्नहरु गरेका थिए । उनले दमकको दीर्घकालसम्म ट्राफिक ब्यवस्थापनका लागि बिभिन्न सुझाव सहितका योजनाहरु अघि सारेकाहुन् ।

अधिकारीले भित्रि बजारमा बिहान ६ बजेदेखि राती ८ बजेसम्म ट्रिपर, ट्रक, ट्याक्टर लगायतका सवारी साधन चलाउन बन्देज लगाउनु पर्ने, थानारोडबाट हाइवे तर्फ जाने सानो सडकलाइ एकतर्फी बनाउनु पर्ने सुझाव अघि सारेकाछन् ।

यसैगरी बजार क्षेत्र भित्र बस, ट्रकलाइ प्रेषर हर्न बजाउने कार्यको अन्त्य गर्नु पर्ने पनि सुझाव उनको रहेको छ । उनले ट्राफिक ब्यवस्थापनका लागि वडाध्यक्षहरु सहित नगरपालिकासंग सहयोग मागेका हुन् ।

उनले ठूला सवारी साधनको ब्यवस्थापनको सुझाव पनि दिएकाछन् । मालवाहक ठूला सवारी साधनहरुलाइ आम्दा मोडको बाटो र पशुहाट रिंगरोड माथि मामाचोक र हवल्दार चोक हँुदै चलाउने ब्यवस्था गर्ने कार्यलाइ प्राथमिकतामा राखी कार्य गर्नु पर्ने अधिकारीले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah