महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठ’क्करबाट साइकलयात्रीको मृ’त्यु भएको छ । दु’र्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृ’त्यु भएको हो ।गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठ’क्कर दिएको थियो ।
ग’म्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै म’त्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दु’र्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



