काठमाडौं । ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउन सक्ने क्षमता रहेको देखाएको छ ।जापानमा गरिएको ल्याब परीक्षणबाट बीए.२ सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउन सक्ने विशेषता रहेको देखिएको हो । यो सब भेरियन्ट डेल्टा जत्तिकै ख’तरनाक रहेको पनि ल्याब परीक्षणको निष्कर्ष छ ।

त्यस्तै, बीए.२ ले ओमिक्रोनले झैं उपलब्ध कोभिड खोपबाट विकास हुने इम्युनिटीलाई समेत छल्न सक्ने देखिएको छ । साथै, ल्याब परीक्षणको नतिजाअनुसार यसले हाल ओमिक्रोनव’रुद्ध प्रयोग भइरहेको सोट्रोभिमाब नामक मोनोक्लोनल एन्टिबडी उपचार विधिलाई समेत निष्प्रभावी पार्न सक्छ ।ल्याब परीक्षणको निष्कर्षलाई ‘प्रिप्रिन्ट स्टडी’ को रुपमा ‘बायोआरसीभ’ सर्भरमा बुधबार पोष्ट गरिएको थियो । तर उक्त अध्ययनको पिआर रिभ्यू हुन भने बाँकी छ ।

‘मानवीय दृष्टिकोणबाट हेर्दा बीए.१ भन्दा यो भाइरस खराब हुन सक्ने र अझ तीव्र रुपमा फैलिँदै गम्भीर अवस्था निम्त्याउन सक्ने देखिन्छु, ओहायोस्थित भल्याड क्लिनिकमा माइक्रोबायोलोजी शाखा प्रमुख डा. डेनियल रोड्सले भने । ल्याब परीक्षणमा संलग्न नभएका रोड्सले यसको समीक्षा गरेका थिए ।

त्यस्तै, ल्याब परीक्षणमा संलग्न टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ता केइ साटोले पछिल्लो निष्कर्षले बीए.२ लाई ओमिक्रोनको एक प्रकारको रुपमा लिन नहुने र यसलाई नजिकबाट निगरानी गर्नुपर्ने तर्क गर्छन् ।‘बीए.२’ लाई चोर ओमिक्रोन भनेर नामाकरण गरेको कुरा तपाईंलाई थाहै होला,’ सीएनएनसँग कुरा गर्दै साटोले भने । ओमिक्रोनझैं पीसीआर परीक्षणमा नदेखिने भएकाले यसलाई चोर भेरियन्ट भनिएको उनको भनाइ थियो ।

‘यही भएर ल्याबमा थप परीक्षणमार्फत् भाइरसको सिक्वेन्सिङ गरी यो भेरियन्टको पहिचान गर्नु पर्छ ।’सबैभन्दा पहिला बीए.२ पहिचान गर्ने विधि विकास गर्नुपर्ने पनि साटोको भनाइ थियो । सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको तुलनामा बीए.२ को उत्परिवर्तन क्षमता निकै उच्च रहेको छ ।

दर्जनौं मात्रामा ओमिक्रोनको भन्दा फरक जीन रहेका कारण समेत यो अन्य भेरियन्टभन्दा भिन्न रहेको छ । ओरिजिनल ओमिक्रोनभन्दा झण्डै ५० प्रतिशत बढीले संक्रामक देखिएको बीए.२ हालसम्म ७४ मुलुकमा फेला परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah