गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे ।अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे । केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दा’बी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो ।
राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने बिषयले निक्कै चर्चा पाउदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशाला कै दिनेश महतोले आश्रय दिए । र, प्रहरीलाई खबर गरे ।बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । महिलाको मुख पछ्यौराले छोपेको थियो । केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’

उनले भने ।प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्काे दुःखद घ’टना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको श’ब फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृ’तक महिलालाई जोडेर अनेक अ’ड्कलबाजी हुन थालेको छ ।गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृ’त अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीले समेत आकलन गरेको छ ।

प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आ’त्मह’त्या भन्दा पनि ह’त्या भएको हुन सक्ने आशंका छ । गर्भवती ती महिलाको घाटीमा नि’लडाम समेत देखिनुले आ’त्मह’त्या भन्दा पनि ह’त्या नै भएको हुनसक्ने प्रहरीको आकलन छ ।‘पो’ष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने ।
बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृ’त अवस्थामा भेटिनुलाई यी घ’टना समबन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घ’टनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ ।बच्चाहरुलाई मृ’तक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ ।घ’टनाका समबन्धमा प्रहरीको शं’काको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ ।
घ’टना भएको तीन दिन बिति सक्दा पनि न मृ’तक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै । बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् ।बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ ।
मृ’तक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुबै बच्चाको आमा मृ’तक महिला हुन सक्ने कतिपयको अनुमान छ ।मृ’तक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पो’ष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



