झापाको दमक नगरपालिकाले विगत २६ वर्षदेखि आफ्नो शरण लिएर बसेका भुटानी शरणार्थीको क्षतिपूर्ति खोज्न थालेको छ।

नगरपालिकाले आफ्नो नगर क्षेत्रमा विगत लामो समयदेखि बसोवास गर्दै आएका शरणार्थीको क्षतिपूर्ति खोज्न थालेको हो। शरणार्थीसम्बन्धी काम गर्ने संस्था राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) मार्फत नगरपालिकाले आफूहरुले शरणार्थीलाई हालसम्म दिएको सेवा र आफूले दिएको शरणको आधारमा क्षतिपूर्ति माग गरेको जनाएको छ।

दमक नगरपालिकाको कार्यालयले जनप्रतिनिधिले कार्यभार सम्हालेयताको प्रगति सार्वजनिक गर्न मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा शरणार्थीले बसोबास गरेको क्षेत्रको र आफूहरुले अहिलेसम्म दिएको सेवाको क्षतिपूर्ति माग गर्ने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले बताए।

‘हामीले १ लाख बढी शरणार्थीलाई लामो समयदेखि यहाँ शरण दिएर राखेका छौं’, उनले भने, ‘हामीले यति सहयोग गरेबापत युएनएचसिआरले दमकको विकासमा सहयोग गर्नुपर्छ।’ स्थानीयकरण गर्न युएनएचसिआरसँग बजेट भएकाले यो बजेट नगरपालिकालाई उपलब्ध गराए आफूहरुले स्थानीयकरणमा काम अघि बढाउने बताए।

उनले भने,‘युएनएचसिआरसँग स्थानीयकरणका लागि ७ अर्बभन्दा धेरै बजेट छ, यो बजेट दमकको विकासमा खर्च गर्नुपर्छ हामी यहाँ बस्न चाहने शरणार्थीका लागि आवश्यक पूर्वधार विकास गरेर दमक नगरपालिकाको सुविधा सम्पन्न स्थानमा नै राख्ने छौं।’

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा रहेका शरणार्थीको समस्या दिगो समाधानाका लागि आफूहरु लागिपरेको बताए।

उनले भने,‘शरणार्थीको समस्या समाधानका लागि हामी प्रयत्नशील छौं, त्यसका लागि हामी केन्द्र सरकारसँग पहल गर्नेछौं।’ उनले केही दिनमै युएनएचसिआरसँग आफूहरु छलफल गर्ने पनि सुनाए। चिरन्जिबि घिमिरे.थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah