काठमाडौँ । जुम्लामा आ’गो’ले ज’ले’र एक जनाको मृ’त्यु भएको छ । ताप्न बालेको आ’गो श’रीरमा स’ल्के’र यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
चिसोका कारण न्यानो बनाउनका लागि बालेको आ’गो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृ’त्यु भएको प्रहरी उपरीक्षक चन्देले बताउनुभयो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए ।
चिसोका कारण आ’गो बालेर ताप्ने क्रममा शरीरमा आ’गो ला’गेपछि रोकाय चि’च्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।



