एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको श’व झापाका दिपक सिग्देलको भएको खुलेको छ । प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले श’वको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए ।
गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घ’टनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । श’व पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।



