पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।दिउँसो देशभर आंशिक बदली रही पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार : आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हाे ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ ।

यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो । ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएकाे छ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । नेपालले विश्वकप छनोटमा तेस्रो स्थानको लागि भोलि ओमानसँग खेल्नेछ । नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन् । यूएई भने १२ औं स्थानमा पुगेको छ । भारत पहिलाे, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । त्यस्तै न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah