खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उ’जुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्र’ष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उ’जुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको टोलीले मंगलबार नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाउँदै अ’वरुद्ध योजना सुचारु गर्न/गराउन माग राखेका छन् ।सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा लगायतका योजना मापदण्ड विपरित सञ्चालन गर्दै अनियमितता तथा भ्र’ष्टाचार गरिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले गत १७ माघमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका थिए । त्यसकै प्रतिकार स्वरुप वडाध्यक्ष चौहान समर्थक सहित शक्ती प्रदर्शनमा उ’त्रिएका हुन् ।
चार वटा बस रिजर्भ गरेर दिक्तेल पुगेका वडाध्यक्ष समर्थित स्थानीयले दिक्तेलबजारमा ‘विकास बि’रोधी होसियार, गठबन्धनको नाममा गलत प्रचारवाजी बन्द गर, मा’न हा’नी गर्न पाइन्दैन, सञ्चालित योजना चालु गर, सत्यतथ्य छानविन गर, जनता ढाँट्न पाइन्दैन, झु’टो मु’द्धा लाउन ब’न्द गर’ लगायतका नारा लगाएका थिए ।गलत कागजात तयार गरी जनप्रतिनिधि वि’रुद्ध विभिन्न निकायमा उ’जुरी हाल्ने र अलोकतान्त्रिक ढंगले विकास निर्माण कार्यलाई अ’वरोध पु¥याएर वडावासीको अधिकार कुण्ठित पार्ने गैरराजनैतिक हर्कत गरेकामा आवाज उठाउनु परेको स्थानीय दानबहादुर चौहानले बताए ।
‘वडालाई अस्थिर बनाउन चाहने, विकास वि’रोधी, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र आफ्नो स्वार्थको लागि वडामा भएको विकास रोक्न चाहने केही व्यक्तिले अ’वरोध गरेको हो,’ उनले भने, ‘उक्त अ’वरुद्ध विकास निर्माण कार्य तत्काल सञ्चालन गर्न आवश्यक छ । दुई महिनादेखि रोकिएको निर्माण कार्यलाई सम्वन्धित निकायले अहिलेसम्म निकास नदिइ मौनता साँधेकोप्रति हाम्रो आपत्ति छ ।’
मध्यपहाडी लोकमार्गदेखि वडाकार्यालयसम्मको सडक ढलान, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा निर्माण, सिस्ने हर्कटे सामुदायिक वनमा ढुंगा उत्खनन, खावाडाँडा एकीकृत वस्ती र वाबारी नमूना बस्ती विस्तारका क्रममा अनियमितता र भ्र’ष्टाचार भएको सत्तारुढ गठबन्धन दलको दावी छ । वडाध्यक्षले वडामा सञ्चालित योजनाको लागत रकम, स्टीमेट, कामको प्रकृति बारे नागरिकलाई जानकारी नदिएकाले समस्या सिर्जना भएको गठबन्धनका नेता जयप्रकाश राईले बताए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडामा अन्य दलको गठबन्धन हुँदा चौहान एमालेकातर्फबाट निर्वाचित भएका थिए । आफ्नो विकास र लोकप्रियता देखेर त्र’सित भएका गठबन्धनले उजुरी हालेर अ’वरोध सिर्जना गरेको वडाध्यक्ष चौहानले बताए । वडामा पार्टीगत रुपमा भएको द्धन्द्धले सर्वसाधारण भने निरास छन् ।



