सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिकामा घोडाबाट ल’डेर एक बालिकाको मृ’त्यु भएको छ । स्थानीय पासाङल्हामु शेर्पाको ८ वर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट ल’डेर मृ’त्यु भएको हो ।घोडा उनीसँगै सवार रहेकी अर्की ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा घाइते भएकी छन् ।
बुधवार बिहान साढे १० बजे उनीहरू मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभान स्थितमा हिउँमा चिम्लिएर घोडा ल’ड्दा उनीहरू समेत ल’डी घाइते भएका थिए ।घाइते मध्ये सोनामको उपचारको लागी लैजाँदै गर्दा दिउसो १२ बजे बाटैमा मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । घ’टना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।



