इलाम । इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ।

तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।

बिहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ। इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरेपछि तारा एयरले नियमित उडान शुरु गरेको हो।

नगरपालिकाले यात्रुहरूको ग्यारेन्टीका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। एकतर्फी टिकट काट्नेलाई अर्कोतर्फको भाडा इलाम नगरपालिकाले भरिदिने भएको छ।माघ २६ गते परीक्षण उडान सफल भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको उपस्थितिमा फागुन १ गते विमानस्थलको उद्घाटन गरिएको थियो।

विमानस्थलको धावनमार्गको निर्माण कार्य सम्पन्न भएपछि इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरी उडान सुनिश्चित गरेको थियो।विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। २०६८ सालबाट निर्माण थालिएको विमानस्थलबाट १० वर्षपछि इलामवासीले सेवा पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah