चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्रमा रहेको एक हात्तीले छावा जन्माएको छ । गत माघ २९ गते हिमालकलीले जन्माएको छावाको न्वारानको गरेर भद्रगज नाम राखिएको छ ।
तीन वर्षअघि गोपालगज जन्माएकी हिमालकलीको भद्रगज दोस्रो सन्तान हो । हात्ती प्रजनन् केन्द्रका प्रमुख मनपुरन महतो थारुका अनुसार अहिले जन्मिएको भद्रगज स्वस्थ छ । छावालाई सुसारेहरुले तेल लगाइदिने र घाममा राख्ने काम गर्छन् ।
भद्रगजको बाबु कुन जंगली हात्ती हो भन्ने थाहा नभएको प्रजनन् केन्द्रका प्रमुख महतोले बताए । निकुञ्जमा धुब्रे, रोनाल्डो र गोविन्दे नामका तीन जंगली हात्ती छन् ।
यस्तै माघको १९ गते नै तीर्थमानकलीले छावा जन्म दिएको केन्द्रका प्रमुख मनपुरन महतोले जानकारी दिए । उसको नाम रामसारकली राखिएको छ ।



