फ्याटी लिभर’ स्वास्थ्य स’मस्या हो । यो स’मस्यामा कलेजोका कोशिकाहरुमा फ्याट जम्मा हुन्छ । फ्याटी लिभरको स’मस्यामा कलेजोले सही तरिकाले काम गर्न सक्दैन । मद्यपानको सेवन धेरै गर्ने व्यक्तिहरुमा यो समस्या बढी हुने गर्छ । यो स’मस्या फरक–फरक व्यक्तिमा फरक तरिकाले देखिन्छ । यसलाई हेपेटिक स्टीटोसिस पनि भन्छि ।मद्यपान गर्नेहरुलाई मात्र होइन यो स’मस्या मद्यपान नगर्नेहरुमा पनि उत्तिकै देखिन्छ ।
यसका कारणहरु भने फरक छन् । जसमा कोलेस्ट्रोलको मात्रा, मधुमेह, स्लीप एपनिया, अन्डरएक्टिभ थाइराइड पर्छन् । सुरुवातमा यो स’मस्याको बारेमा थाहा हुँदैन । तर, विस्तारै श्वासप्रश्वासमा स’मस्या आउन थालेपछि कलेजोमा गडबढी भएको पत्ता लगाउन सकिन्छ ।
श्वास फेर्दा दुर्गन्ध आउनु :फ्याटी लिभरको स’मस्या हुनेहरुको श्वास गन्हाउँछ । यसलाई फेटोर हेपेटिकस पनि भनिन्छ । यो स’मस्यामा श्वास फेर्दा धेरै दुर्गन्ध आउँछ । सामान्यतयाः बिहानमा श्वास गन्हाउने स’मस्या हुने गर्छ । तर, यो स’मस्यामा दिनभर पनि श्वास गन्हाउँछ ।
किन गन्हाउँछ श्वास ?
कलेजोको काम वि’षाक्त पदार्थहरुलाई छान्नु हो । फ्याटी लिभरको स’मस्यामा कलेजोले फिल्टर गर्न सक्दैन । जसले गर्दा रसायनहरुलाई डिटक्सिफाई गर्न सक्दैन । त्यसैले नछानिएका फोहोरहरु पनि शरीरमा अन्य भागमा फैलिन्छ । जसले गर्दा श्वासमा दुर्गन्ध आउँछ । अन्य लक्षणहरु :–छाला पहेँलो हुनु ,गोडा सुन्निनु.,–पेट सुन्निनु ,–सजिल्यै रगत निस्किनु



