झापाको दमकमा बिभिन्न उपाय लगाएर ठगी गर्ने गिरोह सक्रिय रहेको पाईएको छ । ठगीबाट पीडितहरुको उजुरी आउन थालेपछि इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक सूचना जारी गरेर नै दमक र आसपासका क्षेत्रका बासिन्दाहरुलाइ सचेत गराएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार महिला र पुरुष दुबै मिलेर ठगी धन्दा चलाइरहेको पाईएको हो ।

प्रहरीको सूचना यस्तो छ ।

सुचना ।। सुचना ।। सुचना ।।

बिगत केही समय देखि दमक बजार तथा आसपासका एरिया र गाउँ बस्तीहरुमा समेत अपरीचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई बिभिन्न किसिमका नक्कलि सुनका टिल (बिस्कुट) तथा सिक्का, सापको मणी, एक मुखे रुद्राक्ष जस्तो बस्तु समेत देखाई खाने कुराहरु समेत खान दिई, लट्याई लोभ प्रलोभनमा पारी लोभ्याई झुक्याई नगद, सुन चाँदी तथा अन्य सरसामानहरु समेत ठगी गरी भाग्ने किसिमको गतिबिधिहरु बृद्धि भएकाले यस्ता अपराधिक क्रियाकलाप प्रति यस कार्यालयले बढी संवेदनशिल अबस्थाको रुपमा लिएको छ ।

त्यस्ता गतिबिधि नियन्त्रणको लागी आम जन मानिसहरुलाई अपरीचित कुनैपनि महिला तथा पुरुष शंकित ब्यक्तीहरुले बिभिन्न बरबहाना गरी गफगाफ गरी झुक्याई, छक्याई,यस्ता नक्कलि सामान लगायत बिभिन्न किसिमको अन्य आकर्षक सामानहरु देखाएमा वा यस्ता किसिमका गतिविधि क्रियाकलाप देखीएमा वा सुचना प्राप्त भएमा यथासिघ्र यस कार्यालयको टेलिफोन नं। ०२३( ५८०१००,५८११०१ वा कार्यालय प्रमुख ९८५२६९००३१, ९८५२६७०६०९ मा सम्पर्क गरी दिन हुन सम्पुर्णमा हार्दिक अनुरोध छ ।
ईलाका प्रहरी कार्यालय दमक झापा ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah