काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताउनुभएको छ ।

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न काठमाण्डौमा आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो व्याख्यात्मक घोषणा शाकाहारीले किताबको माछा पो खानु हुन्न, खोलाको माछा त खानुहुन्छ भन्ने जस्तै हो ।’

अध्यक्ष ओलीले एमसीसीलाई गलत ढङ्गले गिजोलिएको पनि बताउनुभएको छ । अध्यक्ष ओलीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’

अध्यक्ष ओलीले एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप पनि लगाउनुभएको छ । संसदको एउटा अधिवेशनमा पेस भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भए पनि एमसीसीमा त्यसो नगरिएको उहाँले बताउनुभयो । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah