दमक/पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी ४ बेतनामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्व जादै गरेको बा १६ च १२५३ नम्बरको कारले दक्षिणबाट उत्तरबतर्फ बाटो क्रस गर्दै गरेका पैदल यात्री सोही ठाउँका अन्दाजी ६५ बर्षिय हरी बहादुर बिक लाई ठक्कर दिँदा मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाईते भएका बिकलाई उपचारका लागि धरान पठाइएकोमा बिहिबार राती करिब ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । कार चालक मोरङ बिराटनगर ६ का ४४ बर्षिय राजकुमार भट्टराई प्रहरीको नियन्त्रणमा छन ।



