डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति नेपालले माओबादी केन्द्रसंग समायोजन हुन सक्ने बिषयलाइ नकारेकाछन् । उनले पार्टी बिघठन गरिएको अवस्थामा भने त्यसलाइ स्वीकार गर्ने बताएकाछन् । कान्तिपुरमा प्रकाशित भएको समचारलाइ नै हालेर उनले माओबादी केन्द्र सहितका सबै पार्टीलाइ संघिन आरोप समेत लगाएकाछन् । यसले प्रचण्डलाइ एउटा झापड भएको बताइएको छ । उनले सबैलाइ एकताको प्रस्ताव गरेका थिए । यो बाबुराम भट्टराइको स्टाट्सले प्रचण्डको प्रस्तावलाइ झापड भएको बताइन्छ ।
उनले शुक्रबार फेसबुकमा हालेको स्टाट्स यस्तो छ ।

पानी धमिल्याएर माछा मार्ने चलन निकै पुरानो हो! भ्रमपूर्ण दुष्प्रचार गरेर राजनीतिक लाभ लिने दलहरूको प्रवृत्ति त्यसैको सिको हुनुपर्छ! माके निकट केही मिडियाहरूले केही समय यता नयाँ शक्तिभित्र माकेसंग एकता गर्ने वहस चलेको मनगढन्त हल्ला चलाएर वैकल्पिक राजनीतिक धार निर्माणको महाभियानलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेकाछन्! त्यो विल्कुल कपोलकल्पित र निराधार हल्ला हो, त्यसको भ्रममा नपर्न सबैलाई विनम्र आग्रह गरिन्छ।
बरू आजको कान्तिपुर दैनिकमा आएजस्तो ( यदि यो पनि निराधार हल्ला हैन भने! ) माकेले आफैलाई विघटन गर्न तयार भएको हो भने नेपाली राजनीतिमा नयाँ वहस शुरू हुनसक्छ! मैले २०७२ असोज ९ गते तत्कालीन एमाओवादी परित्याग गर्नुभन्दा एक दिन अगाडि असोज ८ गते प्रचण्डनिवास लाजिम्पाटमा गएर माओवादी आन्दोलनले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्यो त्यसैले अब पार्टीलाई विघटन गरेर नयाँ युगको नयाँ कार्यभार पूरा गर्न वैकल्पिक राजनीतिक अभियानमा लागौं भनेकै हुँ । प्रचणडले त्यो नमानेपछि भोलिपल्ट मैले ५ स (१. समतामूलक समृद्धि २. समावेसी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र ३. सुशासन / सदाचार ४. स्वाधीनता/ सार्वभौमिकता ५. समुन्नत समाजवाद ) को अवधारणा अघि सारेर नयाँ शक्ति निर्माणमा अघि बढेको हुँ!
नेपालका स्थापित पुराना शक्ति नेकां, एमाले, माके अब पुराना आन्दोलनको ब्याज खाने ‘सुदखोर राजनीति’को दलदलमा नराम्ररी फसिसकेका छन्! अन्तर्राष्ट्रिय रूपमा पनि पहिलो र दोश्रो औद्योगिक क्रान्तिकालमा जन्मेका उदारवादी पुँजिवादी र राज्य- समाजवादी विचार र तिनका वाहक पार्टीहरू तीब्र संकटमा परिरहेका छन् र एक्काइसौं शताब्दीको चौथो औद्योगिक क्रान्ति सुहाउँदो नयाँ वैकल्पिक विचार र राजनीतिको खोजी भैरहेछ ! नयाँ प्रकारको समाजवाद अर्थात ‘समुन्नत समाजवाद’ नै त्यो विकल्प हुनसक्छ! नेपालको सन्दर्भमा ‘५ स’ को वरिपरि नयाँ राजनीतिक ध्रुवीकरण आजको आवश्यकता र देशका विद्यमान अन्तर्विरोधहरूको समाधान हो! सबैलाई चेतना भया!



