नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीको विषयमा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समिति गठन समेतको संसदीय प्रक्रियामा यो कस्तो नीति हो भन्दै एमालेलाई प्रश्न गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले अब संसद अवरोध के भयो त भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,’नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्र.न्या. चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो? कसरी बुझ्ने?संसद अवरोध के भयो त अब ?’
नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्र.न्या. चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो? कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?
— Bhim Rawal, PhD (@BhimRawal179) March 6, 2022



