१३ साउन– तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने भएको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको पार्टी केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन हुन लागेको हो ।

महासचिव पोखरेलको नेतृत्वमा पार्टीका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लाका खटिने निर्णय यसअघि नै सचिवालय बैठकले गरेको थियो  । प्रदेश नं. २ का वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने एमालेले जनाएको छ ।

प्रदेश नम्बर २ को स्थानीय चुनाव परिचालनका लागि महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतटहट खटिनुहनेछ । यस्तै सचिवालय सचिव समेत रहनुभएका सचिव प्रदीप ज्ञवाली लाहान योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही, भीम आचार्य सप्तरी र पृथ्वीसुब्बा गुरुङ महोत्तरीमा खटिने कार्यक्रम एमालेले तय गरेको छ । २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले प्रदेश कार्यालयबाट चुनावी अभियान चलाउनुहुनेछ ।

एमालेले आफू नेतृत्वको सरकारले तराई मधेसका लागि गरेका कल्याणकारी र विकासका कामबारे निर्वाचन परिचालनका क्रममा प्रष्ट पार्नेछ । यस्तै संविधानबारे फैलाइएका भ्रम पनि निवारण गर्ने एमालेको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah