काठमाडौं । नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । आज (मंगलबारसम्म) को अद्यावधिक विवरणअनुसार देशभर एक करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब एक करोड १० लाख ४१ हजार ११५ नागरिकलाई पूर्ण मात्रा खोप लगाउन बाँकी रहेको जनाइएको छ ।

त्यस्तै दुई करोड १७ लाख ३ हजार ४८९ अर्थात् ७४.३ प्रतिशत नागरिकले कम्तिमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ । जसअन्तर्गत् १ करोड ८५ लाख ६४ हजार २३३ जनाले एक मात्रा, एक करोड ८१ लाख ५१ हजार ३६५ जनालाई पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ लाख ७६ हजार ८२२ मात्रा अतिरिक्त खोप लगाइएको छ ।

आज (मंगलबार) मात्रै दुई लाख ३ हजार ६२५ मात्रा खोप लगाइएको छ । अहिलेसम्म ४ करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप नेपाललाई प्राप्त भएको छ । जसमध्ये ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ । यसरी हेर्दा ९६ लाख ८४ हजार ३८० मात्रा खोप मौज्दातका रुपमा रहेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । जसअन्तर्गत् पहिलो मात्रा १ करोड ८३ लाख ४३ हजार ७२१ जना र १ करोड ५९ लाख ४३ हजार १९७ नागरिकले पूर्ण मात्रा खोप लगाएका छन्। नेपालमा हालः कोभिसिल्ड, भेरोसेल, एष्ट्राजेनेका,फाइजर, जोन्सन एण्ड जोन्सन खोप उपयोगमा छ । खोप आउने क्रम जारी रहेको सरकारले बताएको छ ।

केही दिनयता कोरोना संक्रमणदर घटेको छ । संक्रमितको संख्या ओरालो लाग्दै गएपछि सरकारले स्मार्ट लकडाउन पनि हटाएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले संक्रमणदर घटेपनि जोखिम कायम रहेको बताइन् । उनले भनिन्, ‘मास्कको समूचित प्रयोग, भौतिक दूरी र सरसफाईमा विशेष ध्यान दिनुपर्छ । संक्रमणदर ओरालो लागे पनि जोखिम अहिले पनि छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah