काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले फागुन २९ देखि शुरु हुने स्थानीय तह निर्वाचन अभियानको योजना सार्वजनिक गरेको छ ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीत अभियानको योजना सार्वजनिक गर्नुभएको हो ।
काँग्रेसले फागुन २९ देखि एक महिने घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गर्न लागेको हो ।
सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने प्रवक्ता महतले बताउनुभयो । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उहाँले बताउनुभयो । प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला–जिल्ला पुग्ने महतले जानकारी गराउनुभयो । फागुनमा २७ गते ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने उहाँले बताउनुभयो ।



