काठमाण्डाै – देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बद्ली भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अरु ठाउँको मौसम सफा रहेको छ । प्रि–मनसुन सुरु भइसकेकाले बेलुकापख हावा चल्न थालेको छ ।

स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हावाहुरी चल्ने जोखिम रहने भएकाले सचेत हुन मौसमविद्को सुझाव छ । गर्मी बढ्दै गएकाले जमिन तात्न थालेको तथा सानो–सानो समूहमा बादल देखिने क्रम सुरु भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यो बेला कतैकतै हावाहुरी र असिना पानी पर्न सक्ने भएकाले सचेत रहन पनि उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah