शम्भुजीत दाहाल
झापा । स्वास्थ्य कार्यालय झापाले फागुन २८ गतेदेखि झापामा हात्तीपाइले विरुद्धको औषधि वितरण गर्ने भएको छ । स्वास्थ्य कार्यालयले अभियानको थालनी स्वरूप शुक्रवार पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो।
हात्तीपाइलेबाट बचाउन औषधि वितरणको राष्ट्रिय अभियान अन्तर्गत झापामा पनि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चम्लागाईले जानकारी दिनुभयाे ।
लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोग कहिल्यै निको नहुने र मानिसलाई अपाङ्गसम्म बनाउने उहाँले बताउनुययाे । झापामा पनि हात्तीपाइलेको जोखिम भएकाले औषधि प्रयोग गर्न सम्पूर्णमा उहाँको अनुरोध छ ।
यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु घर, टोल र बुथसम्म पुग्ने उहाँले बताउनुभयाे । यद्यपि दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी र सिकिस्त बिरामीले यो औषधि खान नमिल्ने उहाँले बताउनुभयाे । जनता समाचार बाट



