काठमाडौं । काठमाडौंको मनमैजुबाट एक लाख नौ हजार रुपैयाँभन्दा बढी रकमसहित १० ‘जुवाडे’ पक्राउ परेका छन् ।
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा बागलुङको खुङ्ला गाउँपालिका–८ का ३९ वर्षीय युवराज कँडेललगायत १० जना छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख नौ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।



