सप्तरीको अग्निसाइर गाउँपालिका–४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट दिनेश यादवको चार घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५ वटा घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पोखिन् । खाने खाद्यान्न सामग्री, लत्ताकपडा, रुपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ।

आगोलाई बारुणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah