सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी पक्राउ परेका छन् । उनी झण्डै सात लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ ।



