जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढंगले होली/फागु पर्व मनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होली/फागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । होली/फागुमा जवरजस्ती रंग दल्ने, लोला हान्ने, पानीले छ्याप्ने जस्ता अमर्यादित र उच्छृंखल गतिविधि गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा होली मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गैर्‍हकानूनी र उच्छ्रृंखल किसिमका कुनै पनि गतिविधि नगर्न/नगर्न भनिएको छ । प्रशासनले मर्यादित र सभ्य ढंगले मनाएर होली/फागुको धार्मिक एवं साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गरेको छ ।

यस वर्ष पहाडी जिल्लामा ३ चैत र तराईका जिल्लामा ४ चैतमा होली/फागु मनाइदै छ ।

“यस पर्व मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानून विपरित हुन् ।

यस्ता कानून विपरितका कुनै पनि गतिविधि नगर्न/नगराउन जानकारी गराइन्छ,” सूचनामा भनिएको छ, “कोही कसैले होली/फागु पर्वको नाममा यस्ता कानून विपरितका गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जानकारी गराइन्छ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah