तुलसीपुर, ५ चैत । स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३का आधा दर्जन गाउँ काकाकुल हुन्छन् ।

धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ । खोलामा पनि पालो पाउन गाह्रो पर्छ । “धारामा कहिले आउँछ, कहिले आउँदैन,” अम्वास निवासी शशिकला विकले भनीन्, “धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।” सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो थियो । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि मात्र खाना पकाउने तयारी हुन्छ,” विकले भने, “तर कहिले १२ बजेसम्म पनि पानी ल्याई नपु¥याउँदा त्यतिबेलासम्म खान पकाउन सकिँदैन ।”

गाउँका सबै मान्छे २÷३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले मात्र पानी पाउँछन् तर पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको अर्का स्थानीयवासी सावित्रा विकले बताइन् । “पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ,” उनले भनिन्, “पानी ल्याउनलाई राति नै उठ्नु पर्छ ।”

पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०÷११ बज्ने गरेको उनीहरुको गुनासो छ । त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुईवटा ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बासमा पानी पठाउने गरिन्छ । हिउँदमा पानी नपाउने समस्याले वर्षौंदेखि आफूहरु आजित भएको स्थानीयवासी मालबहादुर वलीले बताए । “पटक–पटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्,” उनले भने, “त्यसपछि फर्केर पनि नआउने अवस्था छ, अब निर्वाचन हुन लाग्यो नेताहरुले पानी, सडक, विद्युत्लगायत सपना बाँढ्न थालेका छन् ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah