चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो ।

उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो ।

अहिले पनि खोजी कार्य चलिरहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah