काठमाडौं : नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शेर्पालाई मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।

एमालेको विद्यार्थी राजनीतिबाट स्थापित शेर्पा २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुदैं जिल्लाको राजनीतिमा सक्रिय शेर्पा एमाले विभाजनपछि मालेमा सक्रिय भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा सक्रिय भए ।

शेर्पा माओवादी निकट शेर्पा मुक्ती मोर्चाको सचिवको जिम्मेवारीमा थिए । उनी शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको पूर्व महासचिव र शेर्पा विद्यार्थी मञ्चको पूर्वअध्यक्ष समेत हुन् । गृह जिल्ला रामेछापसँगै शेर्पा समुदायमा उनको गहिरो प्रभाव छ ।

शेर्पाले १८ वर्षपछि आफ्नो पुरानो पार्टी नेकपा एमालेमा फर्किन पाएकोमा गर्व लागेको बताए । उनले भने, ‘फेरि १८ वर्षपछि आफ्नो मुलघरमा फर्किएको छु । अब बाँकी रहेको समय एमाललाई दिन्छु ।’

शेर्पाले १८ वर्ष नेकपा माओवादीमा काम गर्ने अवसर दिएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘१८ वर्षसम्म काम गर्ने अवसर दिनु भएकोमा अध्यक्ष कमरेड प्रचण्डप्रति आभारी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah