नवीन ढुंगाना । काठमाडाैं । दक्षिणअमेरिकी देश पानामाको मोसाक फोनसेक नामक कानूनी फर्मबाट चुहावट भएको कागजातलाई विश्वभर पानामा खुलासा भनेर चर्चा गरिन्छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट आइसिआईजेले कर छली तथा अवैध सम्पत्ति लुकाउने विश्वभरका कयौँ प्रभावशाली सहित लाखौँ गोप्य दस्तावेज सार्बजनिक गरेको थियो ।

बि.स. २०७२ चैत्र २२ मा भएको उक्त खुलासामा विश्वका धनी र प्रख्यात नेताहरुले ब्रिटिस भर्जिन आईल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा छायाँ कम्पनीहरुमार्फत गरेको लगानीबारे उल्लेख थियो । एक करोडभन्दा धेरै कागजातहरुबाट विश्वभरका सयभन्दा बढी समाचार संस्थाहरुको सहकार्यमा एक वर्षसम्मको अनुसन्धानपछि यो खुलासा गरिएको बताईन्छ । जसमा दुई लाख १४ हजार अफसोर कम्पनी, २०० देशका १४० नेता र अन्या प्रभावशाली व्यवसायी जोडिएका थिए ।

पानामा प्रकरणमा मुछिएका नेपालीहरु यस्ता छन्
विश्वभरका ख्यातिप्राप्त व्याक्तिहरु समेत मुछिएको पानामा अभियोगमा नेपालीका केही कम्पनी र व्यक्तिहरु पनि परेको बताइएपनि उनीहरु उपर कुनै अनुसन्धान भएको छैन । पानामा कागजातमा परेका नेपालीमा विजेन्द्र जोशी, विजेशकुमार टोडी अग्रवाल, बिमलकाजी ताम्राकार, विनु श्रेष्ठ, विश्ववरसिंह थापा, विश्वधर तुलाधर, डा.श्यामबहादुर कर्माचार्य, हरिशकुमार तोडी, प्रोफेसर शतेन्द्रकुमार गुप्ता, राजेन्द्रकुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा र शशिकान्त अग्रवाल रहेको जनाइएको छ । यो प्रकरणमा ७ वटा कम्पनीहरु पनि परेका छन् ।

आइसल्यान्डका प्रधानमन्त्रीको पद गयो, रुस र चीनीयाँ प्रधानमन्त्रीद्वारा खण्डन
आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर गनलाउसन र उनकी पत्नीको नाम पनि पनामा पेपर्समा सार्वजनिक भएको थियो । प्रधानमन्त्री सिगमुन्दुरले करोडौं डलर गुप्त रुपमा देश बाहिर लगानी गरेको खुलासा भएपछि उनले प्रधानमन्त्री पद नै गुमाउनु परेको थियो ।

त्यस्तै पानामा पेपर्सको खुलासामा परेका चीनीया र रुसी राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका थिए । पानामा पेपर्स खुलासाको झण्डै डेढ वर्षपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ प्रधानमन्त्रीबाट बर्खास्त भएका छन । यो घटनासंगै पानामा पेपर्स फेरि चर्चामा छ ।नेपालजर्नलबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah