हुम्ला । हुम्लामा दुुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज र सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुुख मोहन गिरीले मौसम सफा भए पनि नेपालगञ्जमा कुुनै विमान नहुँदा हुुम्लामा उडान हुुन नपाएको जानकारी दिनुभयो । उहाँका अनुसार गत बिहीबार सीता र समिट एयरले केही उडान गरे पनि त्यसयता कुुनै पनि उडान हुन सकेको छैन ।

सोही दिन हुुम्लाका लागि उडान गरेपछि ती विमान काठमाडौँ फिर्ता भएका थिए । उडान नभए पछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुुपरेको छ ।

केही समयअघिसम्म नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान गर्न छोडेको छ । उपभोक्ता टेकबहादुर रोकायाले केही समययता उडान नियमित नहुुँदा दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न भने हेलिकप्टरबाट नियमित रूपमा ढुवानी भइरहेको छ । खाद्य कम्पनीका हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्ज र सुर्खेतबाट गाडीमा सर्केगार्ड गाउँपालिका–१, खच्चासम्म ढुवानी हुने र त्यताबाट माउन्टेन एयरको हेलिकप्टरले दैनिक ढुवानी गरिरहेको छ । यसका लागि सो एयरलाइन्सको हेलिकप्टर सिमकोट विमानस्थलमा नाइट स्टेमा रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah