काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप १९ जना सदस्य मनोनयन गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएकाे फागुन ३ गतेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा देउवाले थप सदस्य मनाेनीत गर्नुभएकाे हाे ।
सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनीत गर्नुभएको हो ।




