काठमाण्डाै – आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने भएको छ ।

आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए आउँदो शुक्रवार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार राति ९ बजेदेखि सूर्योदयसम्मको समयमा उल्का वर्षाको दृश्य हेर्न सकिनेछ ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने उहाँले बताउनुभयो । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा उल्का वर्षा देखिने खगोलविद् भट्टराईले बताउनुभयो ।

थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन्, जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् त्यतिबेला उल्का देखिने भट्टराईले बताउनुभयो । उहाँले यस्तो दृश्यमा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिने जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah