रबिन्द्र यादव/ परासी, १५ श्रावण । झोलुङ्गे पुलको निर्माणमा ढिलाई भएका कारण सुस्ताबासीहरु जोखिमपुर्ण डुंगाबाट यात्रा गर्न बाध्य भएका छन् । नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक बाटो जोखिमपुर्ण डुङ्गा तारेर सुस्ता पुग्ने गरेका छन् सुस्ता बासीहरु । हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवाँ गाँउ स्थित नदीको बन्धाबाट करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्न पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्छ ।
नेपाल सरकारले सुस्ताबासीको जोखिमपुर्ण यात्रा समस्याको सामाधान गर्न सुक्षा क्षेत्रका बर्तमान सांसाद देवकरण कलवार (सन्तु) को विशेष पहलमा सुस्तामा झोलुङ्गे पुलको आयोजना दिएको छ । वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माणमा झोलुङ्गे पुल १ हजार ५ सय ७५ मिटर लम्बाई र डेढ (१.५) मिटर चौडाई रहेन छ । ढाई वर्षमा निर्माण कार्यसम्म हुने पुलको कुल लागत खर्च २२ करोड रुपिया बिनियोजन गरिएको छ ।

पुलको निर्माण कार्य ७ महिना वित्न लाग्दा पनि अझै ५% पनि काम भएको छैन । सुस्ताबासीको जोखिम पुर्ण यात्रालाई बेवास्ता गर्दै ठेकेदारले करिब २ महिनादेखि नै विभिन्न कारण देखाउदै पुल निर्माण कार्य ठप्प पारेको छ । काम गर्न स्थानिय दबाबले दिँदा अहिले बर्षामा काम गर्न सकिन्न भनेर निर्माण कार्य बन्द गरेको छ । ठेकेदारले अहिलेसम्म एउटा पिलडका लागि १२ वटा होल गरि होल जामको कार्य मात्र गरेको छ । यसरी कछुवाको तालले निर्माण कार्य सम्पन्न हुन ५ वर्ष पनि अपुग रहने स्थानियले आलोचना गरे ।



