केही अघि म पेटको अपरेसन गराउन बैंकक गएँ। यहाँ केही घटिया तत्त्वहरूले ‘र’ को मान्छेलाई भेट्न गएको पनि भने। कम्तीमा यति त थाहा पाउनुपर्ने हो– एउटा देशको एउटा संस्थाको कोही मान्छेलाई भेट्न विदेश–विदेशसम्म केपी ओली कुद्दैन।
चाकडी बजाउन दूतावास–दूतावास धाउने वा दूतावासको कर्मचारीका टेलिफोनलाई आदेश मानेर शिरोधार्य गर्ने वा कुनै निकायका व्यक्तिसँग भेट्न लुकेर विदेश जाने– त्यस्ता सोच र क्रियाकलापभित्र केपी ओली हुँदैन भन्ने सबै नेपालीलाई थाहा छ।
त्यस्तो हल्ला चलाउने स्रोत र त्यसका बाहकलाई पनि त्यो थाहा नभएको होइन। यस्तो हल्ला परिकल्पना र षड्यन्त्र मात्र हो। यसपल्ट पनि मैले कुनै ‘गोप्य’ गर्नुपर्ने कुरै थिएन र छैन। कान्तिपुरको अन्तरवार्ताको एक अंश



