नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले निर्वाचित भएको झण्डै एक महिना सम्मपनि कुनै काम गर्न नसक्ने जनप्रतिनिधिको कडा आलोचना गरेका छन् ।

‘एक महिनासम्म पनि कुनै जनप्रतिनिधिले कुनै ठोस निर्णय र योजना बनाएका छैनन, ‘काम गर्नै निर्वाचित भएको भए राम्रो कामको लागि साइत हेर्नु पर्दैन ।’ एमाले इस्मा गाउँपालिका–रुपन्देही सम्पर्क कमिटीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले निर्वाचित प्रतिनिधिको आलोचना गरेका हुन ।

बिष्टले प्रत्येक सेकेण्डको महत्व नराख्ने व्यतिm जनप्रतिनिधि वा जनताको सेवक बन्न नसक्ने बताउँदै उनले भने, ‘जनताले जिताई सके, अब उनीहरु काम हेर्न उत्साहित छन्, जनप्रतिनिधिहरु अझै हिनताबोध र कुण्ठा बोकेर अल्मलिएका छन् ।’

उनले पहिले पन्ध्र लाख आउने वडामा अहिले एक करोड आउँदा पनि कसैको प्रतिक्षामै जनप्रतिनिधिहरु बसेको प्रतिक्रिया दिए । उनले भने, ‘म उर्जामन्त्री भएकै अर्को दिन घाइते हात लिई मन्त्रालय पुगेर काम गरेको थिए, जनताको काम गर्ने मानसिकता बोकेर चुनाव जितेको भए काम गर्न खटपटि हुनुपर्छ ।’
नेता बिष्टले धेरै आशा र अभिलासाका साथ जनताले बिजयी बनाएकाले अनिर्णयमै समय बर्वाद गर्नेहरुलाई जनताले नै ठेगान लगाउने बताए ।
जनतालाई दुख्दा नदुख्ने मन के को जनप्रतिनिधि ?

एमाले नेता बिष्टले जनप्रतिनिधि जनताको नोकर भएकाले हरेक सुख र दुःखमा सँगँंगै हुनु पर्नेमामा जोड दिए । ‘गाउँमा जनता बिरामी हुँदा र पहिरो जाँदा जनप्रतिनिधिको मन दुख्नुपर्छ, केन्द्रमा त बरु बिद्येक हुन्छ, गाउँमा विकेकले चल्नुपर्छ, ।’ उनले भने ।
उनले अझै पनि गाउँमा एक गाग्रो पानी र एक ट्याव्लेट सिटामोलका लागि जनता छटपटाउने अवस्था रहेकाले त्यो समुदायकै बिचबाट काम थाल्न सबैलाई आग्रह गरे । अब पनि पहिरो नहटाएर घण्टौ बाटो अबरुद्ध भए, ट्रान्सर्फमर पडकिएर बिजुली भएन, खानेपानी भएन भन्दै जनता तड्पिदा नदुख्ने व्यक्ति जनप्रतिनिधि हुन नसक्ने दावी गरे ।

एकल पार्टीको उमेदवार नठान्नुस !

नेता बिष्टले चुनाव लड्ने बेलामा कुनै पार्टीको उमेद्वार भएपनि जितेपछि सबै जनताको प्रतिनिधि भएकाले भेद्भाव नगरि काम गर्न सबै प्रतिनिधिलाई निर्देशन दिए । जसले गरेपनि समाजकै विकास गर्ने भएकाले जनप्रतिनिधि सफल भए पार्टी पनि सफल हुने बताए । उनले भने ‘चुनाव जित्न जनताका माझ केके बोलियो फर्केर हेर्नुस, अनि परिक्षणकाल शुरु भएकाले काम गरेर दखाउनुस ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah