काठमाण्डाै – पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ ।

पार्टीले उठाएका नाममा चित्त नबुझेपछि बागी उम्मेदवारी दिनेहरु धेरै छन् । बागी उम्मेदवारलाई फकाउन नेतृत्वले कसरत गरिरहे पनि केही ठाउँमा मात्रै उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका नेताहरूलाई बागी उम्मेदवारको व्यवस्थापन गर्न समस्या छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका नेता कार्यकर्ताको उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरूलाई समस्या परेको हो ।

आज उम्मेदवारी फिर्ता दिने अन्तिम दिन भएकाले बागी उम्मेदवारको व्यवस्थापन गर्न नेताहरु थप सक्रिय भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah